तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

तु खबर संवाददाता
२०८० भाद्र २१,बिहीबार १८:०५
file-photo

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।

बुधबार खुकुरी आक्रमणमा परेका यादवको अहिले ट्रामा सेन्टरमा उपचार भइरहेको छ र उनको स्वास्थ्य स्थीर रहेको अस्पतालले जनाएको छ ।