लुम्बिनी प्रदेश सभा बैठक बस्दै

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको २५ औँ बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्नेछन् । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट “प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक” माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
उक्त विधेयकमा सभामुखले प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सचिवालयले जानकारी दिएको छ ।