‘न्वागी पर्वले चेपाङ समुदायको उत्थान तथा प्रगतिमा सघाउ पुर्याउनेछ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम अर्थात् न्वागीले समुदायको उत्थान तथा प्रगतिमा सघाउ पुर्याउने बताएका छन् ।
प्रदेश प्रदेश शर्माले आज एक शुभकामना सन्देश जारी गर्दै लोपोन्मुख जातीका रुपमा रहेका चेपाङ समुदायको उत्थान तथा प्रगतिमा समेत यस्ता पर्वले सघाउ पुर्याउने बताएका हुन् ।
बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनले अन्न खाने दिनका रुपमा मनाइने न्वागी पर्व चेपाङ जातीको जीवनशैली र संस्कृतिसँग जोडिएको बताए ।
प्रमुख शर्माले भने,‘छरछिमेकी, नाताकुटुम्ब निम्ता गरी सामूहिक भोज, नाचगाँनसहित रातभर जागा बस्ने र सुखदुःख साट्ने पर्वका रुपमा न्वाँगीलाई लिइन्छ ।’
चेपाङहरुको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न यो पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
