समाचार

संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज

काठमाडौं । ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिका सभापतिको उम्मेदवारी मनोयनय आज हुँदैछ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेका थिए । सोही अनुसार, आज मनोनयन हुने भएको हो । समितिको कुनै सदस्यलाई सभापतिमा...

इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको (बि.ईं÷बिआर्क) प्रवेश परीक्षा स्थगित गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित भएको जानकारी गराएको हो । संस्थानले बि.ई/बि.आर्क प्रवेश परीक्षा र सार्वजनिक गरिएको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरुबाट चासो...

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका...

खोलामा डुबेर दुई जनाको मृत्यु

बाँके । बाँकेमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रहरीका अनुसार, साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको खोजीकार्य गर्ने...

राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठले पाएका हुन् । पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको प्रचार विभागका...

अभिनेता सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन

काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । ७४ वर्षीय उनको शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार, मृतक ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए । ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार...

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत र झापाबाट एक÷एक जनालाई पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ७ सय ७० मिलिग्रामसहित जुम्ला चन्दननाथ नगरपालिका–५ बस्ने २८ वर्षीय युवराज अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले...

एमाले सचिवालय बैठक भदौ १३ गते बस्ने

सिरहा । नेकपा एमालेको शनिबार सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गते बस्ने भएको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सिरहामा सार्नुपरेको एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए । उक्त बैठकमा सहभागी हुने भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार...

उपेन्द्र यादव एक हप्ताका लागि भारत प्रस्थान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् । अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जाने जसपाका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । उनका अनुसार, अधयक्ष यादव एक सातापछि स्वदेश फर्किने कार्यसूची रहेको...

भारतमा रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु

भारत । भारतको तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए । यी तीर्थयात्रीहरू शनिवार बिहान मदुरै पुगेका थिए । उनीहरुले हिजो...