अवैध चरेससहित ४ जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १९, मंगलवार ०९:४८
सांकेतिक तस्बिर

धनगढी । कैलालीमा १ किलो ३०० ग्राम लागुऔषध चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेका छन् ।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।