इरानको कोइला खानीमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

बाग्दात । इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परेर ६ जना श्रमिकको ज्यान गएको छ ।
उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा भएको विस्फोटमा परेर ६ जनाको ज्यान गएको सरकारी समाचार संस्था इरनाले जनाएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।
श्रमिकको सक्शल उद्धारको प्रयास असफल भएको र उनीहरूको शव सोमबार बिहान फेला परेको दूतावासले जनाएको छ ।
इरनाले घटनास्थलमा रहेका अन्य कामदारले भग्नावशेषमुनिबाट आफ्ना सहकर्मीको शव निकाल्ने प्रयास गरिरहेको फुटेज देखाएको छ । एजेन्सी