कुटपिट गरी वृद्धको हत्या, दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १९, मंगलवार १६:३७

मोरङ । मोरङको विराटनगर महानगरपालिका–११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको आरोपमा प्रहरीले सोमबार साँभल दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच वादविवाद भई कुटपिट भएको र दुवै पक्ष आ–आफ्नो घर गएकोमा हरि कुमालको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।