झिनो अंकले घट्यो नेप्से, ७९ करोड ६८ लाखको कारोबार

तु खबर संवाददाता
२०८० भाद्र १९,मंगलवार १६:४७

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से पसिसूचक ६ अंकले घटेर १९६१ को विन्दुमा कायम भएको हो ।

आज २४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ७९ करोड ६८ लाख ७० हजारमै सिमित भएको छ । आज १५१ कम्पनीको शेयरमूल्य घट्दा ७१ को बढेको छ भने ७ कम्पनीको शेयरमूल्य तटस्थ रहेको छ ।

यसअघि सोमबार नेप्से ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ भने नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजारको कारोबार भएको थियो ।

यस्तै, आज ट्रेडिङ तथा उत्पादन र प्रशोधन उपसूचक ०.४६ र ०.३८ प्रतिशतले बढेको छ भने अन्य सबै उपसूचक घटेका छन् ।