हेटौंडामा घरेलु तथा कृषि उपज प्रदर्शनी कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०८० भाद्र २०, बुधबार १७:०५

मकवानपुर । जालपा देवी महिला उद्यमी केन्द्रको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडामा घरेलु तथा कृषि उपज प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम जालपा देवी महिला उद्यमी केन्द्रकी अध्यक्ष गीता मैनालीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रदर्शनी कार्यक्रममा १७ स्टल राखिएको थियो । जसमा अम्बा, ड्राइगन फ्रुटस्, केरा, बासबाट बनेको सामान, हस्तकला लगायत विभिन्न सामानहरु राखिएको थियो ।

घरेलु तथा कृषि उपज प्रर्दशनीमा ४५० जनाले स्टल भ्रमण गरेका थिए ।

कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, हेटौंडा–५ का वडाध्यक्ष सुनिल मोक्तान, हेटौंडा–११ का वडाध्यक्ष जुना दाहाल, संस्थाका पदाधिकारीहरु गिता तिमिल्सिना, कृष्णकला बर्तौला, मिठु माया स्याङ्तान लगायतको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा बागमती प्रदेश सभा समस्य एवम् नेकपा एकीकृत समाजवादीकी नेतृ मुनु सिक्देलको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उद्यम तथा कृषि छेत्रमा योगदान पुर्याउने महिला उद्यमी सरिता भट्टराईलाइ सम्मान गरिएको थियो ।