माओवादी र एमालेका ३ युवा कांग्रेसमा प्रवेश

मकवानपुर । नेकपा माओवादी केन्द्र र नकेपा एमाले मनहरीका ३ युवा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा माओवादी केन्द्र मनहरी गाउँ कमिटि सदस्य एवम् सीता मावि विद्यालय व्यवस्थापन समिति मनहरी २ का अध्यक्ष राजकुमार थिङ्ग, नेकपा एमाले मनहरी गाउँ कमिटी सदस्य चतुरराम मुक्तान र एमाले मनहरी २ का वडा सदस्य रविन्द्र डिम्डुङ्ग रहेका छन् ।
उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन् । बानियाँले कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमबीत उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
सो क्रममा बोल्दै बागमती प्रदेश सभापति बानियाँले कांग्रेसमा कसैलाई काखा र पाखा नगरिने बताउँदै योग्यता र क्षमताको आधारमा पार्टीमा स्थान दिने बताए ।