वीर अस्पतालबाट हाम फालेका पुरुषको मृत्यु
काठमाडौँ । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।
सर्जिकल भवनबाट हिजो बिहान साढे २ बजे हाम फालेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।
अस्पतालमा सूचना अधिकारीका अनुसार, ती पुरुष आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ, म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । हामफालेका ती पुरुषको अस्पतालमा बिरामी नरहेको पाइएको छ ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
