सल्यानमा यात्रुबहाक बस पल्टियो, ६ जना घाइते
काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा आज बिहान यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् ।
सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
