सुनको मुन्द्रा लुट्ने मकवानपुरका लामासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार १८:४९
file-photo

काठमाडौं । लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले २ जनालाई बिहीबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको थाहा नगरपालिका घर भएका २४ वर्षीय राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चन्द्रागिरि नगरपालिका–१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।