हेटौंडामा मानव कंकाल फेला

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार १८:१६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधाप ड्राइभरडाँडास्थित शुक्रबार दिउँसो मानव कंकाल फेला परेको छ ।

दिउँसो ड्राइभरडाँडामा चुरियामाई जाने बाटोतर्फको झाडिमा खप्परसहितको मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।