ललिता निवास प्रकरण : जग्गा हिनामिनामा संलग्न १७ जनाको बयान पूरा

तु खबर संवाददाता
२०८० भाद्र १५,शुक्रबार १६:२५

काठमाडौं । ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पूरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ ।

ग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो ।

शुक्रबार घिमिरेको बयान सकिने जिल्ला अदालत काठमाडौंका एक जना अधिकृतले बताए । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुनेछ ।