हेटौंडा सिमेन्टको उत्पादन आजबाट पुनः सुरु

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार १७:००
file-photo

मकवानपुर । कोइलाको अभावका कारण बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले आजबाट पुनः उत्पादन सुरु गरेको छ ।

करिब डेढ महिनादेखि बन्द रहेको उद्योग कोइला आपूर्ति भएपछि पुनः आजबाट उत्पादन सुरु गरेको हो ।

हाल उद्योग व्यवस्थापनले बोलपत्रमार्फत् करिब दुई हजार पाँच सय मेट्रिक टन कोइला आपूर्ती गरेपछि उत्पादन सुरु गरिएको सो उद्योगका नायव महाप्रबन्धक नविन कुमार कर्णले जानकारी दिए ।

उनका अनुसार, थप ३ हजार मेट्रिक टन कोइलाको आपुर्तीको लागि बोलपत्र आह्वान भइसकेको छ ।

उद्योगबाट उत्पादिन हेटौंडा सिमेन्ट अहिले अन्य सिमेन्ट भन्दा ५० केजीको प्रतिबोरामा मुल्य बढेको कारणले उपभोक्ताले खरिद गर्न नसकेको हुँदा उद्योग व्यवस्थापनले सम्बन्धित निकायको परामर्शमा ५० केजीको एक बोराको ७३० बाट अहिले घटाएर रु ६४९.७५ पैसा अहिले मूल्य कायम गरिएको उनले बताए ।

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्टले वि.सं. २०४३ साल मंसिरबाट व्यवसायिक रुपमा उत्पादन सुरु गरिँदै आएको छ ।