समाचार

दर्जीलाई प्रदेश सभाको सचिवमा सरुवा गर्ने सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले ११ औं तहमा बढुवा भएका पूर्णबहादुर दर्जीलाई प्रदेश सभा सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती ऐन लागू भएपछि ११ औं तहमा बढुवा भएका सचिवहरु मध्येबाट दर्जीलाई बागमती प्रदेश सभा सचिवको रुपमा सरुवा गर्ने...

बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्यमा मैनाली

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा दोलखाका प्रदिप कुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको उक्त बैठकले मैनालीलाई नियूक्त गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा नारायण श्रेष्ठले...

बागमती प्रदेश मन्त्रिपरिषद् : स्व. नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष स्व. सुवास चन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज बसेको बैठकले स्व.नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्व. नेम्वाङ पूर्व सभामुख एवम् वर्तमान प्रतिनिधि...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी चामुण्डा मन्दिर नजिक गल्लीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, नोर्फिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र...

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाइएको छ । सीआइबीले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ...

तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको हो । बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ ।...

बुधबार नेप्सेमा हरियाली छाउँदा करिव डेढ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको हो । बुधबार नेप्से ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा...

हेटौंडाबाट अवैध गाँजासहित दुई जना पक्राउ

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रहरीले अवैध लागूऔषधसहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३० केजीसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा चितवनको भरतपुर महानगरपालिका–२४ बस्ने ३३ वर्षीय संगम गुरूङ र बाराको सुवर्ण...

नेपाली बजारमा सुनचाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ प्रतितोलामा ८ सय र चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले घटेको हो । भाउ घटेसँगै बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २००, तेजावी सुनको भाउ प्रतितोला एक लाख १०...

सरकारले २० हजार टन चिनी आयात गर्दै

काठमाडौं । सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले...