समाचार

स्व. नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व. सुवास नेम्वाङको अन्त्येष्टि आज राजकीय सम्मानका साथ हुने भएको छ । उनको अन्त्येष्टि बिहान ११ बजे पशुपति आर्यघाटमा हुने भएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

विभिन्न साहित्यिक कार्यक्रम गरी आज मोती जयन्ती मनाइँदै

काठमाडौं । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवम् राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम...

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित जनाएको छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका...

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा । डडेलधुरामा गएराति अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । प्रहरीका...

आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी मनाइँदै

मकवानपुर । आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंंसी पर्व मनाइँदैछ । जन्म दिने बाबुलाई देवता समान धार्मिक मान्यताका आधारमा आज छोराछोरीले बाबुलाई विशेष सम्मान गर्छन् । आजको दिन आफ्ना बाबुप्रति आदर सम्मानका साथ फलफुल लगायत मीठो खानेकुरा तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने...

मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले बुधबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–७ पेन्चेबाट अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ८५ ग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका–५ बस्ने ५४ वर्षीय रंभु राउत कुर्मी रहेका छन् । उनलाई ईलाका...

भौतिक पूर्वाधारद्वारा ५५ उपसचिव र ६ अधिकृतको सरुवा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६१ उपसचिव र अधिकृत स्तरका प्राविधिक कर्मचारीहरुको सरूवा गरेको छ । मन्त्रालयले ५५ जना उपसचिवस्तरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) र ६ जना अधिकृत स्तरका डिभिजनल इन्जिनियरहरुको सरुवा गरेको हो । सडक विभाग अन्तरगत काम गरिरहेका डिभिजन प्रमुखदेखि विभिन्न आयोजनाका प्रमुख र...

राष्ट्रिय सभा बैठक भोलि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक भोलि (बिहीबार) बस्ने भएको छ । बैठक भोलि दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भएको हो । सो बैठकमा संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । पूर्वसभामुख समेत रहेका एमाले सांसद...

मकवानपुरमा थप १८ जनामा डेंगू, कति पुग्यो कुल संख्या ?

मकवानपुर । मकवानपुरमा थप १८ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बुधबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका पाँच जना र बकैयाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो...

बागमती प्रदेश सरकारले संविधान दिवस तीन दिनसम्म मनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने भएको छ । प्रदेश सरकारले तीन दिन विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने भएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । संविधान दिवसको अवसरमा सरकारको स्वास्थ्य मन्त्रालयले असोज २ गते प्रदेशको...