समाचार

पदमपोखरी प्रहरी चौकीको भवन उद्घाटन

मकवानपुर । मकवानपुरको पदमपोखरी प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उक्त भवनको उद्घाटन गरेका हुन् । सो क्रममा प्रवक्ता श्रेष्ठले बिज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तराष्ट्रिय तहको बिज्ञान प्रविधिको प्रयोग...

मिड सोलुको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।...

आज बोलाइएको बागमती प्रदेश सभाको बैठक स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको आज दिउँसो १ बजेका लागि बोलाइएकोे बैठक विशेष कारण देखाउँदै एक दिन पर सारिएको छ । बैठक भोलि विहान ११ बजे बस्ने भएको सभामुख भुवन कुमार पाठकले जानकारी दिए । सचिवालयका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा...

आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं । आज देशभर ५९ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो...

चट्याङ लागेर महिलाको मृत्यु

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार, चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको हो ।...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक आज अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश...

चिकित्सक कुटपिट प्रकरणः ७८ जना स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

हेटौंडा । मकवानपुरमा चिकित्सकमाथि कुटपिट भएको घटनालाई लिएर हेटौंडा अस्पतालका ७८ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा दिएका छन् । बुधबार  हेटौँडा १ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट भएको थियो । सोही घटनालाई लिएर चिकित्सकहरु आन्दोलि भएका हुन् । चिकित्सकहरुले दिएको राजीनामा प्रमुख जिल्ला...

मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प

मकवानपुर । मकवानपुरका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको घटनाको विरोधमा जिल्लाको हेटौंडा अस्पतालसहित सरकारी तथा निजी स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन् । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सकहरूले  आन्दोलन गरेपछि आकस्मिक बाहेक सबै सेवा...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा हाल भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका...

बागमती प्रदेश सभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे १२ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त बैठकमा विभिन्न विधेयकमाथि दफाबार छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सभाको बैठक यसअघि गत भदौ...