समाचार

आगलागीमा परेर दुई जनाको ज्यान गयो

दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए । साथै...

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय १२ वर्षीया समीक्षा माझी र १० वर्षीया रेजिना खवास रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बालिकाहरु डुबेर घाइते...

हुलाक सेवालाई जिवन्त राख्न स्मार्ट बनाउन जरुरी छ : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेको बताएका छन् । हुलाक सेवा विभागले शुक्रबार हेटौंडामा आयोजना गरेको ‘एक पालिका, एक हुलाक’ कार्यालयको अवधारणा बमोजिम हुलाकको पुर्नसंरचना सम्बन्धि अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले हुलाक...

चौलागाईंलाई नेवि संघ मकवानपुरको कार्यबाहक अध्यक्षको जिम्मेवारी

मकवानपुर । नेपाल विद्यार्थी (नेवि) संघ मकवानपुरका उपाध्यक्ष सन्तोष चौलागाईंले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । अध्यक्ष सुवास सापकोटाले चौलागाईंलाई कार्यबाहक जिम्मेवारी दिइएको पत्र हस्तान्तरण गरेका छन् । संघको विधान २०२७ को संशोधन २०७५ को व्यवस्था भए बमोजिम विदैशिक यात्रामा रहेकाले उक्त समयमा संगठनलाई गतिशील बनाई संगठनमा आइपर्ने सबै...

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको धारिलो हतियार प्रहर गरी हत्या भएको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

कारबाहीमा परेकामध्ये २४ दलले मात्रै जरिबाना बुझाए

काठमाडौं । लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाएका छन् । आयोगको गत साउन १ गतेको बैठकले आर्थिक वर्ष २०७८–०७९ को लेखा परीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने, प्रतिवेदन समयमा नबुझाउँदा स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ पेस...

शुक्रबार स्थगित बागमती प्रदेश सभा आज बस्दै

मकवानपुर । शुक्रबार स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा एक दिन पर सारेर आज बस्ने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको...

रेडियो थाहा सञ्चारको नारी रत्न सम्मान तथा दर खाने कार्यक्रम

मकवानपुर । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफएफले थाहा नारी रत्न सम्मान तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ । मकवानपुरको रेडियो थाहा सञ्चारले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा हिरण्य नेपालका बालिकाहरुसँग दर खाएर तीज विशेष कार्यक्रम मनाएको हो । कार्यक्रम बागमती प्रदेशकी सामाजिक विकास मन्त्री...