समाचार
खड्काले पाए कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं । नेपाल सरकारको कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादूर खड्काले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री खड्काले सम्हाल्ने...
गोहीको आक्रमणबाट महिलाको मृत्यु
चितवन । चितवनमा गोहीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको...
आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको हो । आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि...
आज तीजको दर खाने दिन
मकवानपुर । आज भाद्र शुक्ल द्वित्तिया तिथी अर्थात तीजको दर खाने दिन । भोलि तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर सम्म जागराम बसी दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरी ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती...
बागमती प्रदेश सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आगामी असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शनिबार बसेको बैठक स्थगित भएको घोषणा गर्दै सो बारे जानकारी गराएका हुन् । सभाुमख पाठकका अनुसार, प्रदेश सभाको अर्को बैठक असोज १४ गते बिहान ११ बजे बस्नेछ । बागमती...
शान्ति प्रिय र योञ्जनलाई जागरुक महिला सम्मान
मकवानपुर । मकवानपुरे साहित्यकार शान्ति प्रियबन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरुक महिला सम्मान २०८० प्रदान गरिएको छ । सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शनिबार एक कार्यक्रमकाबीच दुई जनालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गरेको हो । साहित्य र सहकारीको क्षेत्रबाट महिला शक्तिकरणमा...
आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द रहने
मकवानपुर । आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ । चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै आइतबार आकस्मिक बाहेकका सबै सेवा बन्द हुने जानकारी गराएको हो । संघले जारी गरेको विज्ञप्ति अनुसार, आइतबार देशभरका सम्पूर्ण...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही...
स्व. नेम्वाङको निधनमा बागमती प्रदेश सभा शोक प्रस्ताव पारित
मकवानपुर । बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले संविधान सभा अध्यक्ष एवम् पूर्व सभामुख स्व. सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना...
सातामा प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा ५०० रुपैयाँले सुनको भाउ घटेको हो । महासंघका अनुसार, गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ थियो । जुन,...










