एमाले बागमती अधिवेशन : मतदान ४० वटा विद्युतीय मेसिनमा हुने

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार १६:४४
file-photo

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने भएको छ ।

एमाले बागमती प्रदेश अधिवेशनको मतदान पार्टी मुख्यालय च्यासलमा भोलि बिहीबार हुने भएको छ । मतदान बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।

यस्तै, एमाले बागमती प्रदेशले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । बिहान ८ बजे मतादाता नामावली प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको थियो ।

प्रदेश अधिवेशनका लागि १ हजार १ सय ६५ मतदाताको सूची टाँसिएको थियो ।