रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार १५:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त आज बैठक बस्दैछ ।

बैठक केन्द्रीय कार्यालय बालाजुमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

बैठकमा जिल्लामा खटिएका १९ जना सांसदले पेस गरेका रिर्पोटबारे समीक्षा, राष्ट्रपतिले दिएको आममाफी, शिक्षा विधेयक, चिकित्सकमाथि भएको हातपात लगायत विषयमा छलफल हुने उनले बताए ।