असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने
काठमाडौं । दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्न लागेको हो ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बजारको माग र आवश्यकताका आधारमा केन्द्रीय बैंकले आवश्यक नयाँ नोटको व्यवस्था गरिने भएको हो ।
मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने भएको हो ।
