एमाले बागमती प्रदेश अधिवेशन : आजदेखि निर्वाचन प्रकृया सुरु

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार ०९:०८

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको आजबाट निर्वाचन प्रकृया सुरु भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको हो ।

एमाले नेता शेर बहादुर तामाङका अनुसार, आज मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी दर्ता हुने कार्यसूची रहेको थियो ।

यस्तै, दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । यस्तै, असोज ११ गते भोलि बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।