हेटौंडामा घण्टाघर निर्माण हुने

तु खबर संवाददाता
२०८० आश्विन ९, मंगलवार ०९:२४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा घण्टाघर निर्माण हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० बसपार्कमा चालु आर्थिक वर्षमा घण्टाघर निर्माण गर्न लागिएको हो ।

हेटौंडा–१० नम्बर वडा कार्यालयले चालु आर्थिक वर्षबाट घण्टाघर निर्माण गर्न लागेको वडाध्यक्ष फुर्बा दोर्जे लामाले जानकारी दिए ।

हेटौंडाको बसपार्कमा पारिजातसंगै रहने र यसको पनि व्यावस्थापन गरेर घण्टाघर निर्माण गर्न लागिएको उनको भनाई छ । बहुवर्षिय योजना अन्तरगत चालु आर्थिक वर्षमा काम सुरु गरिने र डिपिआर भने तयार भइसकेको उनले बताए ।

साथै उनले उक्त घण्टाघरभित्र सूचना केन्द्रको पनि निर्माण गरिने बताए । हेटौंडा हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको सबै पर्यटकीय क्षेत्रको सूचना एकै स्थानबाट दिने गरी घण्टाघरभित्र सूचना केन्द्रको निर्माण पनि गर्न लागिएको बताए ।