समाचार
अट्वारी पर्व अवसरमा सार्वजनिक विदा दिने
दाङ । लुम्बिनीमा प्रदेश सरकारले थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । सरकारले उक्त पर्वको अवसरमा यही भदौ ३१ गते आइतबार सार्वजनिक विदा दिने भएको हो । प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो ।...
स्व. नेम्वाङको निधनमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित
काठमाडौं । संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य स्व. सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने नेम्वाङको निधनमा प्रतिनिधि सभाले गहिरो शोक...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ४५० पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४५० पुगेको छ । जिल्लामा बिहीबार थप ५ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४५० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५ जनामा डेंगू संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका...
महाकाली नदीमा हाम फालेका एक पुरुष बेपत्ता
धनगढी । दार्चुलामा महाकाली नदीमा हाम फालेका एक पुरुष बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेका एक पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा महाकाली नगरपालिका–१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल रहेका छन् । बिहान...
राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवम् वर्तमान प्रतिनिधि...
लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर १२ ग्राम ७ सय ४० मिलिग्रामसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० भुटनदेवी मोडबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–५ पिप्ले बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र बागमती गाउँपालिका–६ फापरबारी बस्ने...
स्व. नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्व. नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । यस्तै,...
एकीकृत समाजवादीद्वारा २१ जना केन्द्रीय सदस्य मनोनीत
काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । गत भदौं ५ गतेदेखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेको सो पार्टीले जनाएको छ । मनोनीत हुनेहरुमा अनेरास्ववियूका पूर्वध्यक्ष सुदेश पराजुली, अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द...
सन्चो अस्पतालको घटनामा संलग्न चार जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको घटनामा संलग्न रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उक्त अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको घटनामा संलग्न चार जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे र प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको...










