समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी असोज २ गतेको लागि तय भएको बैठक असोज ४ गते दिउँसो १ बजे बस्ने गरी सरेको हो । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बैठक सरेको जानकारी दिएका हुन् । ‘२०८० असोज २ गते...
बालसुधार गृहमा झडप हुँदा १४ जना घाइते
काठमाडौं । वीरगंजस्थित बाल सुधार गृहमा मंगलबार झडप हुँदा १४ जना घाइते भएका छन् । मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् । बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको पर्सा प्रहरीले जनाएको छ । उक्त...
स्रोत नखुलेको ३ लाखसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट प्रहरीले नेपाली रु तीन लाखसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमद रहेका छन् । युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले...
स्व. नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक विदा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार विदा हुने जानकारी दिएको हो । नेम्वाङको हृदयघातका कारण मंगलबार राति निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर अहिले ललितपुरका च्यासलस्थिल पार्टी...
स्व.नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाएको एमाले प्रचार विभाग सचिव गगन...
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आज दिइँदै
काठमाडौं । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्नेछन् । एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर...
६० किलो सुन प्रकरण : आज सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाइने
काठमाडौं । हङकङबाट ल्याइएको ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइने भएको छ । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आज सरकारी वकिल कार्यालमा उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो । आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा हाल भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका...
मुख्यमन्त्री जम्मकट्टेलद्वारा माइती नेपालको एकीकृत कृषि फार्मको शिलान्यास
मकवानपुर । माइती नेपालले निर्माण र संचालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मंगलबार मकवानपुरको गढीगाउँपालिका–५, सानोसुकौरामा शिलान्यास गरिएको छ । माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा निर्माण गर्न लागेको कृषि फार्म तथा तालिम भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका हुन् । शिलान्यास गरेपछि मुख्यमन्त्री...
१७ दिनदेखि बेपत्ता मेजर पण्डित मृत अवस्थामा फेला
सुर्खेत । १७ दिनदेखि बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डित मृत अवस्थामा फेला परेका छन् । पण्डित मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले मंगलबार बिहान नदी किनारमा शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि घटनास्थल...










