समाचार
चरेससहित दुई जना पक्राउ
दार्चुला । दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी...
नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिको दिन सार्वजनिक विदा
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई सरकारले राजकीय सम्मान दिनेसमेत निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । नेम्वाङको आज बिहान निधन भएको थियो ।...
मंगलबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको जनाएको छ । महासंघका अनुसार, आज मंगलबार हिजो (सोमबार) कै मूल्यमा सुनको कारोबार हुने भएको हो । महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा...
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको हो । बैठकले संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्ने तयारी छ । एमालेका उपाध्यक्ष नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । उनको...
वडा सचिव पन्त मृत अवस्थामा भेटिए
धनगढी । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा भेटिएका छन् । अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी आज खाल्डोमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । बैतडीको पाटन नगरपालिका–१ घर भएका ५८ वर्षीय पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि...
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टीका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक आह्वान गरिएको हो । सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । नेम्वाङको गएराति...
नेम्वाङको निधनप्रति राष्ट्रपतिसहित शीर्ष नेताहरुद्वारा समवेदना प्रकट
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शीर्ष दलका नेताहरुले समवेदन प्रकट गरेका छन् । नेम्वाङको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेताहरुले समवेदना प्रकट गरेका हुन् । राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार,...
दुर्घटनामा परेर प्राचार्य सुवेदीको मृत्यु
झापा । झापाको कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको...
पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार, अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यतर्फ हिंडेका सवारीसाधन बाटोमा...
संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष नेम्वाङको निधन
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । नेम्वाङको हृदयघातका कारण निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन...








