समाचार
आत्महत्या दुरुत्साहन आरोपमा विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ
रुकुम पश्चिम । आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारी रहेका छन् । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि...
करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ र रौतहटमा करेन्ट लगेर दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । खाजा घरभित्र लत्रिएको विद्युत्को तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर...
सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा...
प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
काठमाडौं । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका वडा नम्वर ४ घर भई हाल काठमाडौं बस्ने ३७ वर्षीय सन्तोष कुमार धमला रहेका छन् । माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा शनिबार राति प्रहरीलाई नै...
लागूऔषध गाँजासहित मकवानपुरका थापा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले आइतबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९ रजैयाबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका–१ जल्की बस्ने ३५ वर्षीय गणेश थापा रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
विराटनगर । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभाको आयोजना गर्दैछ । सन्देश सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० ले सम्बोधन गर्ने छन् । भेलामा...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ४१८ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४१८ पुगेको छ । जिल्लामा आइतबार थप १२ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४१८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आइतबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका दुई जना...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र...
प्रधानमन्त्री प्रचण्डले हेटौंडा आएर भनेः सरकारलाई दबाब महसुस भयो
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएसँगै सरकारले भ्रष्टाचार, बेथिती र कुशासनका विरुद्ध अभियान सञ्चालन गरेकाले आफूविरुद्ध एक समूह लागेको आरोप लगाएका छन् । हेटौंडामा आयोजित समाजवादी मोर्चाको बागमती प्रदेशस्थरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘सरकारको विरुद्ध एक खालको दबाब महसुस भइरहेको छ ।’, प्रधानमन्त्री दाहालले...
बागमती प्रदेश सभा बैठकबाट शोक प्रस्ताव पारित
मकवानपुर । बागमती प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश सभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको...










