समाचार

१२५ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियामा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षणमा ११५ जनाले सेवा लिएका छन् । श्री राधा माधव समिति नेपाल, जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजना तथा सन्चो हस्पिटल प्रालि हेटांंैडाको प्राविधिक सहयोगमा भएको निःशुल्क शिविरमा उनीहरुले सेवा लिएका हुन्...

समाजवादी मोर्चा घोषणा गर्न प्रचण्ड आज हेटौंडा आउँदै

मकवानपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज हेटौंडा आउने भएका छन् । समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय समिति घोषणा गर्न प्रचण्ड हेटौंडा आउन लागेका हुन् । उनीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव...

बागमती प्रदेश सभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत भदौं २० गते अपराह्न १ बजे बस्ने भनिएको बैठक सरेर आज बस्ने भएको हो । बैठक बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, सो बैठकमा शून्य...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का...

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, भक्तपुर, मोरङ, पर्सा, बारा र कैलाली गरी ६ छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन लिम्बु...

सातामा प्रतितोला २०० ले घट्यो सुनको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २०० रुपैयाँले सुनको भाउ घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

दमक । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे २ प ५९२३ नं मोटरसाइकल चालकको...

समाजवादी मोर्चा घोषणा गर्न प्रचण्ड भोलि हेटौंडा आउने

मकवानपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि हेटौंडा आउने भएका छन् । समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय समिति घोषणा गर्न प्रचण्ड हेटौंडा आउन लागेका हुन् । उनीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव विप्लव हेटौंडा...

स्रोत नखुलेको साढे २० लाख रकमसहित एक जना पक्राउ

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित प्रहरीले शुक्रबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह रहेका छन् । उनलाई गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले...

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १३ जना सख्त घाइते

बुटवल । बाँकेको शमशेरगन्जस्थित जंगलमा गएराति रोकिराखेको ट्रकसँग बस ठोक्किएर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग ना ७ ख २३२१ नम्बरको बस ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरुमा बर्दियाको...