हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती घाइते

तु खबर संवाददाता
२०८० आश्विन ४, बिहीबार १७:१३

मकवानपुर । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ बस्तीका ३० बर्षीय भोम्जन बाबु तामाङले आफ्नो श्रीमतीलाई ३० बर्षीया सरिता तामाङ निर्घात कुटपिट गरेका हुन् ।

भोम्जनको कुटपिटबाट ३० वर्षीया सरिता गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक (प्रवक्ता) लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार, गम्भीर घाइते सिरताको हेटौंडा–१ मा रहेको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न भोम्जनलाई बुधबार रातिनै प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको जनाइएको छ ।