मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा दुर्घटनामा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रहरीका अनुसार, देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।