समाचार
मकवानपुरमा डेंगू संक्रमितको संख्या ४६५ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४६५ पुगेको छ । जिल्लामा बिहीबार थप ५ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ३ जना, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका १–१ जनामा डेंगू संक्रमण...
दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सुन्दरहरैँचा । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका उनीमाथि...
बिहीबार नेप्सेमा हरियाली, ३ अर्ब २९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । आज १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ ।...
कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । मनोनित हुनेहरुमा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई,...
कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
धनगढी । कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वेदकोट नगरपालिका– २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुले शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा बुधबार...
नारी संरक्षण केन्द्र मकवानपुरको नेतृत्व पुनः गुरुङलाई
मकवानपुर । नारी संरक्षण केन्द्र मकवानपुरको नेतृत्व पुनः दीपा कुमारी गुरुङले पाएकी छन् । बुधबार भएको केन्द्रको २३ औं साधारणसभाबाट गुरुङको नेतृत्वमा ७ सदस्यीय समिति चयन गरिएको हो । यस्तै, केन्द्रको उपाध्यक्षमा भिष्मराज सापकोटा, सचिवमा प्रतिकला चौधरी र कोषध्यक्षमा आरती बोजरी चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३...
आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै
काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसंका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज...
हेटौंडा चिकित्सक कुटपिट प्रकरण : थप एक जना पक्राउ
मकवानपुर । चिकित्सक कुटपिट प्रकरणमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन रहेका छन् । उनलाई बुधबार साँझ ५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ सिमेन्ट रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
संविधान दिवसको अवसरमा दिप प्रज्वलन
मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम आयोजना गरेको छ । नेविसंघ क्याम्पस इकाईले बुधबार क्याम्पस गेट अगाडि नवौं संविधान दिवसको अवसरमा नेविसंघ केन्द्रिय कार्यसमितिबाट परिपत्र भए अनुसार दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम आयोजना गरेको हो ।...
सशस्त्र प्रहरीद्वारा बागमती नदीबाट एक व्यक्तिको उद्धार
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले गएराति बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षीय रामबहादुर लामाको उद्धार गरिएको सशस्त्र प्रहरले जनाएको छ । प्रहरीका अनुसार, पानीको बहाव कम भएको बेला नदी...










