समाचार
करेन्टले लियो पुरुषको ज्यान
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी ५० वर्षीय धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत् प्रवाह भई थापाको मृत्यु भएको...
कांग्रेस नेता महतले बुझाए कोइरालालाई ज्ञापनपत्र
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टीका वरिष्ठ नेता शेखर कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न जरुरी रहेको औंल्याउँदै युवा नेता महतले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ‘अहिले पार्टी एजेण्डाविहीन अवस्थामा रहेको देखिन्छ । जसको कारणले गर्दा नेताहरुको भनाइ...
आइतबार नेप्से परिसूचक १० अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सुधार आएको छ । आइतबार नेप्से १०.२३ अंकले बढ्दा १९४२.६८ को विन्दुमा कायम भएको छ । यस्तै, आज २७६ सूचीकृत कम्पनीको ४३ लाख १४ हजार ४ सय १७ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार...
ललिता निवास प्रकरण : थुनछेक बहस सकियो, आदेश आजै आउने
काठमाडौं । ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत, काठमाडौंमा उक्त निवास प्रकरणको थुनछेक बहस सकिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै १८ जना मात्र भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश पनि दिनेछ । यो...
बीपीको ११० औं जन्मजयन्तीको अवसरमा सालिक अनावरण
मकवानपुर । जननायक विश्वेश्वर प्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आइतबार हेटौंडामा अर्धकदको सालिक अनावरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बीपी बाटिकास्थित निर्माण गरिएको उनको सालिक नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायतका नेताहरुले संयुक्त रुपमा अनावरण गरेका हुन् । साथै...
प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्यन्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाएका छन् । प्रदेश प्रमुख शर्मासमक्ष गत आर्थिक वर्ष २०७९/०८० मा मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेश कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन बुझाइएको हो । मुख्य न्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको...
कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ: शेखर कोइराला
हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरेका छन् । ११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरे । उनले...
पहिरोबाट उछिट्टिएको ढुङ्गाले लागेर किशोरको मृत्यु
धनगढी । डडेलधुरामा पहिरोबाट उछिट्टिएको ढुङ्गाले लागेर एक किशोरको मृत्यु भएको छ । केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवामा पहिरोमा खसेको ढुङ्गा लागेर जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार, हिजो डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सिटमा सवार...
बागमती प्रदेश सभा संचालन गर्न सर्वदलीय बैठक बस्दै
मकवानपुर । बागमती प्रदेश सभा बैठक संचालन गर्नका लागि आज सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्ने गरी बोलाइएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बागमती प्रदेश सभा गत असार २१ गतेपछि बस्न सकेको छैन । प्रदेश सभा बैठकको लागि मिति घोषणा भएपनि पटक–पटक...
खैरो हेरोइनसहित युवक पक्राउ
धनगढी । कञ्चनपुरमा ४७ ग्राम खैरो हेरोइनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २६ वर्षीय हिक्मत हमाल रहेका छन् । उनलाई संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले ४७ दशमल ८५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो । भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका–९...










