समाचार

राष्ट्रपति पौडेल र सिउङही पार्कबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा सोमबार शिष्टाचार भेट भएको हो । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए । भेटमा पार्कले सामसुङ...

कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा आचार्य

विराटनगर । कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् । आचार्य सोमबार मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन् । प्रदेश प्रमुख प्रर्शुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोमबार नै...

चितवनमा स्क्रब टाइफसबाट महिलाको मृत्यु

चितवन । स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार, स्थानीय अस्पतालमा उपचारका क्रममा...

बाराबाट पक्राउ परे मकवानपुरका घलान र बन्जनसहित तीन जना

बारा । बारा प्रहरीले जिल्लाको निजगढ नगरपालिका–९ सिम्रिस्थित जंगलबाट आइतबार दिउँसो अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका–१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् ।...

बालबोध माविः प्रधानाध्यापक सिफारिसमा गम्भीर त्रुटि, समिति भित्रै विवाद

मकवानपुर । हेटौंडा–१७ हटियास्थित श्री बालबोध माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती प्रक्रियामै गम्भीर त्रुटि देखिएको छ । विद्यालयले प्रधानाध्यापक नियुक्तीका लागि शिक्षा नियमावली विपरित सिफारिस प्रक्रिया अघि बढाएपछी त्रुटि सहतमा आएको हो । विद्यालयले निमावी स्थायी तृतीय श्रेणीका शिक्षक दीपकलाल श्रेष्ठलाई आवश्यक प्रक्रिया नै पूरा नगरी प्रधानाध्यापक नियुक्तीका लागि सम्बन्धित...

मकवानपुरमा डेंगू संक्रमितको संख्या ४२१ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४२१ पुगेको छ । जिल्लामा सोमबार थप ३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४२१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सोमबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका एक जना र बागमती गाउँपालिकाका एक...

संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर बन्नुपर्छ : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल एफएम नेटवर्कले सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको अन्तरसरकारी सम्बन्ध र संसद विषयको संवाद कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले संविधानको...

दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।...

सोमबार शेयर बजार उच्च अंकले बृद्धि

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले वृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ । यस्तै, आज २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता शेयर खरिद बिक्री...

पानीमा डुबेर २ जनाको ज्यान गयो

सुन्दरहरैँचा । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको ज्यान गएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर मन्सुरको पानीको डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार, मृतक बालक आइतबार खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका...