सातामा २२ अंकले बढेर २ हजार २९ अंकमा उक्लियो नेप्से

काठमाडौं । यो साता सेयर बजारका लागि केही उत्साहजनक नै रहेको छ । केही साता यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक पछिल्लो साता भने २२.७२ अंकले बढ्दै २ हजार २९.७८ अंकको बिन्दुमा उक्लिएको छ ।
चार दिन खुलेको बजारमा पहिलो कारोबार दिन ९आइतबार० नेप्से ४२.१४ अंकले घटेको थियो भने अन्तिम कारोबार दिन असोज ४ गते ४४।३४ अंकले बढेर बन्द भएको थियो ।
सबैगरी यस साता ७ अर्ब २८ करोड ३१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।