समाचार
अमेरिकामा न्युयोर्कका मेयरले नेपालको झण्डा फहराउने
न्युयोर्क । संविधान दिवसको अवसर पारी अमेरिकाको न्यूओर्क सिटीका मेयर एरिक आडम्सले नेपालको ८ फिट अग्लो झण्डा फहराउने भएका छन् । अमेरिकामा रहेर सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत क्षेत्रमा नेपाली समूदायले पुर्याएको योगदानको सम्मानस्वरुप मेयर आडम्सले नेपालको झण्डा फहराउन लागेका हुन् । न्युयोर्क सिटीको म्यानहटनमा सेप्टेम्बर २० मा आयोजना हुने...
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
मोरङ । मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–३ आइतबारे बस्ने ४८ वर्षीय साईला भन्ने जित बहादुर तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी गछियामा खटिएको प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई भदौ १७...
रेसुङ्गा–४ गुल्मी रुपन्देही सम्पर्क समाजले मनायो तीज
काठमाडौँ । रेसुङ्गा–४ गुल्मी रुपन्देही सम्पर्क समाजले रुपन्देहीको तिलोत्तमा–२ बनवाटिकामा महिला दिदिबहिनीहरुसँग तीज मनाएको छ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजले शनिबार तीज मिलन तथा दर खाने कार्यक्रम २०८० आयोजना गरेको हो । ‘मौलिक धर्म संस्कृतिको रक्षा गरौँ, विकृति र विसंगतिलाई निरुत्साहित गरौँ’ भन्ने मूल नाराका...
बुधबारको लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठक सर्यो
काठमाडौं । भदौ २७ गते बुधबारका लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठक सरेको छ । बैठक भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बस्ने गरी सरेको संघीय संसद् सचिवालयले जनाएको छ । संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय...
नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने
काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गरी शोक मनाउने निर्णय गरेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ४२७ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४२७ पुगेको छ । जिल्लामा मंगलबार थप ६ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४२७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि...
नेप्से १९ अंकले घट्यो, १ अर्ब १३ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । सोमबार सुधारको संकेत देखिएको नेप्से आज पुन घटेको हो । आज नेप्से १९.४२ अंकले घट्दा १९६७.५७ को विन्दुमा कायम भएको छ । यसअघि सोमबार ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको थियो ।...
इँटा प्रहार गरी पुडासैनीको हत्या, हेटौंडाका तामाङ पक्राउ
काठमाडौं । हत्या गरेको आरोपमा प्रहरीले सोमबार साँझ काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने अन्दाजी ७२ वर्षीय जगत बहादुर तामाङ रहेका छन् । तामाङलाई सोही आश्रममा बस्ने मकवानपुरको भीमफेदी गाउँपालिका–४...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वमा १० जनाको टोली जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा १० जनाको टोली जाने भएको छ । यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको नाम राखिएको थियो । प्रधानमन्त्री प्रचण्डले भ्रमणमा प्रतिनिधि मण्डलमा अनिवार्य आवश्यक्ता बाहेक सूचीमा रहेका सदस्यको आकार घटाउन निर्देशन दिएसँगै...
त्रिभुवन विमानस्थलबाट करिब १ किलो सुन बरामद
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी उक्त सुनसहित एक जनालाई पनि पक्राउ गरेको छ । तर, पक्राउ गरिएका आरोपितको नाम भने...










