बिहीबार नेप्सेमा हरियाली, ३ अर्ब २९ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०८० आश्विन ४,बिहीबार १५:४०
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ ।

आज १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ ।

आज १३ बटै उपसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ । फाइनान्स उपसूचक ४.३८ र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले बढेको छ ।