कांग्रेस बैठक शुक्रबार पनि जारी रहने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबारदेखि सुरु भएको बैठक भोलि पनि बस्ने भएको हो ।
पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः ११ बजे बस्नेगरी स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बिहीबारको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए । यस्तै, आजको बैठकमा उपसभापति एवम् कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए ।
संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न सरकार तयार रहेको बैठकमा बताएको उनले जानकारी दिए ।
