विश्व दृष्टि दिवसका अवसरमा टिकटक प्रतियोगिता हुने

तु खबर संवाददाता
२०८० आश्विन ४, बिहीबार १७:५०
file-photo

काठमाडौं । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संघले यही असोज २५ गते परेको विश्व दृष्टि दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार रुपैयाँसहित संघले सम्मान गर्नेछ । प्रतियोगिले आँखा स्वास्थ्यमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ ।

प्रतियोगिले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्ने कार्यक्रम व्यवस्थापक रञ्जन साहले बताए ।