खुकुरी प्रहार गरी एक जनाको हत्या
बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार, जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले हत्या गरेका हुन् ।
बिजुली शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका छन् । फरार उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
