करेन्ट लागेर एक पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८० आश्विन ६,शनिबार १५:४५
file-photo

तनहुँ । तनहुँको तनहुँ ब्यास नगरपालिकामा करेन्ट लागेर एक पुरुषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिकाको वडा नं. ११ मुलपानी बस्ने ५२ वर्षीय वीरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तामाङ आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल दमौली तनहुँमा ल्याएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको हो ।

उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।