प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई भेटे

तु खबर संवाददाता
२०८० आश्विन ६, शनिबार १६:१३
file-photo

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चीनका राष्ट्रपति सी जिनपिङलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई शनिबार भेटेका हुन् ।

शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहने प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।