दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोर अंकले घटेको छ । आज नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ ।
आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ ।
यस्तै, आज नेप्से घटेसँगै १२ उपसूचकमा रातो पोतिएको छ । आज एकमात्र माइक्रोफाइनान्स उपसूचक ०.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचक सर्वाधिक १.९८ प्रतिशतले घटेको छ ।