एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ ।
अधिवेशनको काठमाडौंको भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच उद्घाटन गर्नेछन् ।
उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट ¥याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट प्रतिनिधि छनोट भएर आइसकेका छन् । अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ । बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्व सभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन् ।