सल्यान जिप दुर्घटना अपडेट : मृतक दुबै जनाको पहिचान खुल्यो

तु खबर संवाददाता
२०८० आश्विन ८,सोमबार १५:२८
file photo

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा जिप चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै, दुर्घटनामा परेर घाइते भएका तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।

आज बिहान रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको थियो ।