सोमबार ५ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० आश्विन ८,सोमबार १६:३४

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक ५ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ ।

आज ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजारको कारोबार भएको छ ।

यसअघि आइतबार नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको थियो भने ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको थियो ।

यस्तै, आज नेप्से घटेसँगै ११ उपसूचकमा रातो पोतिएको छ । म्युचुअल फण्ड ०.३८ तथा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले घटेको छ ।