प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच आज बिहान भेटवार्ता भएको छ ।
उनीहरुबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले चिनियाँ प्रधानमन्त्री छियाङसँगको छलफलका लागि २३ बुँदे छलफलका एजेण्डा तय गरेका छन् ।
साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड बेङजिङको भेटघाटपछि छोङछिङ नगरपालिकामा आधुनिक कृषि अध्ययन भ्रमणका लागि जाने कार्यसूची रहेको छ ।