सल्यानमा तरकारी बोकेको जिप दुर्घटना, २ जनाको मृत्यु

रुपन्देही । सल्यानमा आज बिहान तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक उनीहरुको हाल पहिचान खुलेको छैन ।
यस्तै, उक्त दुर्घटनामा परेर अर्का एक जना घाइते छन् । घाइते हुनेमा दाङ तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।